"कलंकी - कलंकी, कालिमाटी, किर्तिपुर, थापाथली, बबरमहल । ओ दाई जाने हो ?"
बानेश्वर चोकमा कार्यालय जनाको लागि गाडी कुरी रहेको बेला एउटा खलासीले बसको धोका छेवैमा ढ्याम्म परेर मेरो अगाडी बस रोक्यो । म पनि चढे ।आफुलाई थापाथली पुग्नु पर्ने । बस कोचा - कोच, टेक्ने ठाउँ छैन । अरु उपाय पनि छैन । प्राय office timeमा काठमाडौँका बसमा यस्तै भिडभाड हुन्छ र खलासीहरु मान्छे भएको ठाउँमा गाडी रोक्न जहिले आतुर । अझै बढी मान्छे हाल्न जहिले तैयार । मान्छे पनि गाली गर्दै चढछन । सबैको बाध्यता सायद ।
थापाथली चोक पुग्नलागे पछि खलासीले भन्यो, "ल सबैले पैसा निकाल्दै गर्नुस त ।"
पालै संग पैसा उठाउदा तिर्ने पालो मेरो आयो "दाई कहाँ झर्ने? पैसा दिनु!"
"थापाथली । बानेश्वोर बाट । कार्ड छ ।"
मैले खल्ती बाट निकालेर रु १० को नोट दिएँ । उसले केहि नभनि राख्यो ।
प्राय गाडी चड्नेहरु संग कार्ड हुन्छ र कार्ड (student card) हुदाको निम्नतम भाडा रु १० । सोझो रुपमा हेर्दा बस ब्यबसाय भनेको १० रुपैयाको व्यापार त हो । के फाइदा हुन्छ होला र खै ।
प्राय गाडी चड्नेहरु संग कार्ड हुन्छ र कार्ड (student card) हुदाको निम्नतम भाडा रु १० । सोझो रुपमा हेर्दा बस ब्यबसाय भनेको १० रुपैयाको व्यापार त हो । के फाइदा हुन्छ होला र खै ।
२६ फेब्रुवरी २०१४ मा nepalnews.comले "Sajha yatayat makes income of 36 million" भनेर एउटा समाचार प्रकासित गरेको रहेछ जसमा लेखिएको छ संचालनमा आएको १ वर्ष भन्दा काम समया साझा यातायातले उक्त आम्दानी गरेको बताएको छ ।
मैले केहि समय अगाडी १ जना गाडी मालिक संग भलाकुसारी गर्ने मौका पाएको थिएँ । वहाको गाडी चक्रपथ परिक्रमा गर्ने । औषदमा दिनको रु १,५०० बच्छ भन्नु भएको थियो । यसको अर्थ के भयो भने, रु १० ले दिनको रु १,५०० खुद नाफा हुदो रहेछ । यदि कोहि संग ५० वटा गाडी भए ५०*१५०० = ७५,००० । १ दिन मा । एउटा गाडीको सरदार मूल्य रु १६,००,००० । PBP ३.२८ बर्ष । अनि यस्तो ब्यबसयालाई बैंक बाट लगानी पाउन पनि गार्हो छैन । रु १० को व्यापार, अनि राम्रो आम्दानी ।
Implication (आसय)
यो बसको व्यापारको साधारण हिसाब किताबले मलाई उत्साहित बनायो । येसो झट्ट हेर्दा जाबो रु १० को व्यापार त हो । मन खिन्न बनाउना त्यतिनै कफी छ । तर अवसर देख्नेहरुले त्यसलाई कमाईको राम्रै श्रोत बनाएका छन् । त्यस्तै हामी वरिपरि पनि त्यस्ता लाखौ अवसर होलान जसलाई हामीले देख्न सकेका छैनौ र देखेपनि चिन्न सकेका छैनौ । तिनीहरु बाट आउने सानो रकम सानो होला तर अवसर ठुलो हुन सक्छ ।







welcome to blogging family
ReplyDeleteWhat is blogging family? Send me your blog links plz.
ReplyDelete