Monday, November 11, 2013

नया बाटो

बेमत्लब एकानतमा भौतारीएको मन लिई
कुनै गल्लि सुन्यतामा पाईला यो चाल्दै छु
सपनिमा-बिपनिमा कहिँ पनि मेल नखाने
ढुङ्गा-माटो-भित्तोलाई आफ्नो साथि ठान्दै छु॥

नकाब भित्र छेलिएको वर्तमानको अन्धकार
छिया-छिया पारेर भित्र हेर्न खोज्दै छु
पट्टि कालो लाइएको तराजुको मुर्त मुनि
आफ्नो पट्टि खोलेर सबै कुरा हेर्दै छु॥

ऐना जस्ता छर्लङ्ग बिगतका सबैकुरा
ऐना जस्तै झर्याम-झुरुम भत्किएको देख्दै छु
पुराना दाग छेउ फेरि अर्को चिरा पारि
चित्कारमा रमाउने अनुबार ति चिन्दै छु॥


0 comments:

Post a Comment