Friday, May 23, 2014

प्रेम चक्र

जिन्दगीको भेटे साथि, त्यो डाँडाको पल्लो पटि
प्यारो लाग्ने देखें छाया, त्यो डाँडाको पल्लो पटि ||

विचमा एउटा पुल थियो, हुरी आइ उडाइदियो
धेरै पछि देखें माया, त्यो डाँडाको पल्लो पटि ||

तिमीले मात्र हैन माया, मैले पनि गर्ने गर्थें
छुट्यो आज माया मोह, त्यो डाँडाको पल्लो पटि ||

समाजले आँखा लाउछ, चोखो प्रेममा भन्ने गर्थौ
आखा छोपी भाग्यौ तिमी, त्यो डाँडाको पल्लो पटि ||

आउ भेट्न अन्तिम पटक, भन्दा पनि मानिनौ रे
अर्कै संसार सजायौकि , त्यो डाँडाको पल्लो पटि ||

अब त आस पनि, मरि सक्यो मनवाट
देखे डोली सजिएको, त्यो डाँडाको पल्लो पटि ||

तिम्रौ नामको माला जप्थें, भगवान मेरो माने पछि
भगवानले नै धोका दिए, त्यो डाँडाको पल्लो पटि ||

कस्तो माया लाईएछ चिन्दगीको पैलो चोटी
छिया छिया भयो मुटु, त्यो डाँडाको पल्लो पटि ||

0 comments:

Post a Comment